खेलकुद
साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल
काठमाडौं, साउन ३। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको […]