शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • माल्दिभ्सको राष्ट्रपति कार्यालयले भारतविरूद्ध फाइनल खेल हेर्न नेपाली कामदारलाई दियो बिदा
खेलकुद

माल्दिभ्सको राष्ट्रपति कार्यालयले भारतविरूद्ध फाइनल खेल हेर्न नेपाली कामदारलाई दियो बिदा

माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको सन्तोष मगरले जानकारी दिए।

‘राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो,’ मगरले भने। माल्दिभ्समा नेपाली राजदूतावास नभएका कारण त्यहाँ साह्रोगाह्रो पर्ने नेपालीका लागि खटिने व्यक्तिको रुपमा परिचित छन्, मगर। माल्दिभ्सलाई हाल श्रीलंकामा रहेको नेपाली दूतावासले हेर्ने गर्छ। श्रीलंकामा रहेको नेपाली दूतावासले पनि केही समस्या परेको खण्डमा उनलाई नै भन्ने गर्छ।

विज्ञापन

‘आज हामी १५ सयदेखि २ हजारको हाराहारीमा रंगशालामा नेपालको समर्थनमा जाने छौं,’ उनले भने, ‘एक हजार जनाले त टिकटको लागि हिजोदेखि नै भनिरहेका थिए।’ मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार बताइएको छ।

विज्ञापन

मालेमा घरमा काम गर्ने नेपालीको पनि बाक्लो उपस्थिति छ। उनीहरूलाई पनि खेल हेर्न घर मालिकले छुट्टी दिएको मगर बताउँछन्। ‘आज प्रायः सबै कम्पनीले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएका छन्। नदिए पनि नेपालीहरू काम छोडेर खेल हेर्न बस्छन्,’ उनले बताए।

सन्तोष मगरले हिजो शुक्रबार दसैंमा नेपाली खेलाडीलाई टिका तथा जमरा ग्रहण गराउन पशुपतिनाथबाट टिका तथा जमरा मगाएका थिए। ‘मैले सवा दस बजेतिर टिमका म्यानेजर कृष्णभक्त मानन्धरलाई भेटेर जमरा र टिका दिएको थिए,’ उनले भने।

माल्दिभ्समा १२ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको मगर बताउँछन्। मालेभन्दा बाहिर अन्य टापुमा धेरै मात्रामा नेपालीहरू कार्यरत रहेको उनको भनाई थियो।

नेपाललाई हराउन कठिन छ : भारतका सहायक प्रशिक्षक

भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाललाई हराउन कठिन भएको बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलअघि आयोजिन प्रेस कन्फरेन्समा उनले नेपाल कडा प्रतिस्पर्धी भएकाले फाइनल खेल सहज नहुने बताएका हुन्।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश शुक्रबारको प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए। ‘फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ। केवल एक खेल बाँकी छ र खेलाडीहरू तयार तथा सकारात्मक छन्,’ उनले भने, ‘नेपालले समूह चरणमा राम्रो नजिता निकालेको थियो। उसको पुरै टिममा आत्मविश्वास र उत्प्रेरणा छ। भोलिको खेल कठिन हुनेछ।’

स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्ड पाएका थिए। साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपाली समयअनुसार आज राति ८ः४५ मा हुनेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस