On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
खेलकुद

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं  । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

विज्ञापन

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

विज्ञापन

खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

१५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।

३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुन: नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे । काउन्टर अट्याकमा सुमनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार किरणले विफल पारेका थिए ।

६४ औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।

खेलको ७९ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुरले रातो कार्ड पाए । पेनाल्टी क्षेत्र बाहिर आएर अन्जनको प्रहारलाई हातले रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । ८२ औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई वैकल्पिक गोलरक्षक अशरफुल रानाले विफल पारे ।

८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए । इन्ज्युरी समयमा मनिषले गोल गर्न चुक्दा नेपाल अग्रता लिनबाट बन्चित भयो ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेलेका थिए । मिडफिल्डमा विशाल राई र तेज तामाङलाई रोहित चन्दले साथ दिंदा आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका थिए ।

मिडफिल्डर पुजन उपरकोटीको नाम सुरुवाती ११ मा रहेपनि वार्मअपका दौरान घाइते भएपछि उनको स्थानमा विशाल राईले सुरुवाती रोजाइमा खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा विशाल राईको स्थानमा सुमन लामा मैदान प्रवेश गरेका थिए । ७४ औं मिनेटमा सुमन अर्याल र मनिष डाँगी मैदान प्रवेश गर्दा आयुष र सुजल बाहिरिएका थिए । ८५ औं मिनेटमा आशिष लामाले गौतमको स्थान लिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस