शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • भारतविरुद्धको फाइनल खेल गोर्खाली शैलीमा खेल्ने छौँ : किरण चेम्जोङ
खेलकुद

भारतविरुद्धको फाइनल खेल गोर्खाली शैलीमा खेल्ने छौँ : किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्ध शनिबार हुने साफ च्याम्पियनसिपको फाइनलमा गोर्खालीको शैलीमा खेल्ने बताएका छन्।

शुक्रबार प्री-म्याच कन्फरेन्समा बोल्ने क्रममा नेपाली टोलीका गोल किपरसमेत रहेका किरणले जितका लागि गोर्खालीको शैलीमा खेल्ने बताएका हुन् ।

विज्ञापन

‘भोलि हाम्रा लागि ठूलो दिन हो। भोलि हाम्रो सबै थोक हो’, उनले भने, ‘जितका लागि हामी सबैथोक दिन्छौँ । हामी गोर्खाली शैलीमा खेल्छौँ।’

विज्ञापन

नेपाल पहिलो पटक साफ फुटबलको फाइनल पुगेको हो। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति पौने ९ बजे सुरु हुनेछ।

जारी साफको लिग चरणमा नेपाल भारतसँग १-० पराजित भएको थियो। नेपालले त्यो हारको बदला लिँदै पहिलो पटक उपाधि उचाल्ने योजना बनाएको छ। तर भारत भने साफमा आफ्नो दबदबा यथावत राख्न चाहन्छ।

किरणले प्रेस कन्फरेन्सका क्रममा विगतमा भएका कुरालाई भुलेर उपाधि उचाल्ने गरी खेल्ने पनि बताए।

‘हामी विगततिर फर्किएर बस्दैनौँ, त्यसको वास्ता गर्दैनौँ। विगत त गइसक्यो’, उनले भने, ‘हामीले विगतमा के गर्यौं? त्यसलाई मतलब गर्ने छैनौँ । हामीले भोलिको खेलबारे मात्रै सोचेका छौँ।’

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध खेल्न सबै हिसाबमा टिम तयार रहेको बताएका छन् ।

सहायक प्रशिक्षक श्रेष्ठले भारतविरुद्ध जित निकाल्न एउटै संकल्प बोकेर टोली मैदानमा उत्रिने बताए।

‘भोलि हाम्रा लागि ठूलो खेल हो । सजिलो हुने छैन,’ उनले भने, ‘तर हामी तयार छौँ। एउटा संकल्पसाथ नतिजा निकाल्ने लक्ष्य बोकेर खेल्ने छौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस