On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • प्रशिक्षक अलमुताइरीको आ’क्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’
खेलकुद

प्रशिक्षक अलमुताइरीको आ’क्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आ’क्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।

अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गरे। ‘साफले नियम मान्नुपर्छ। मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन।’

विज्ञापन

उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।

विज्ञापन

उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दु:ख पनि ब्यक्त गरे। ‘साफको निर्णयले मलाई निकै दु:ख लागेको छ। साफले ममाथि किन निशाना साँधेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘मलाई किन यस्तो व्यवहार गरियो। मैले बुझ्न सकेको छैन।’

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो।’

प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।

उनले आफू मैदानभित्र नभए पनि टोलीले उपाधिका लागि उत्कृष्ट खेल खेल्ने बताए। ‘म त्यहाँ भए पनि नभए पनि टोलीले उपाधिका लागि खेल्नेछ’, उनले भने। अलमुताइरीले साफको नियमावली राख्दै साफको निर्णय न्यायसंगत नभएको बताएका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ। एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा स्रोतले जनाएको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ। माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८:४५ बजे सुरु हुनेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस