On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • माओवादी केन्द्र भरतपुरको विस्तारित बैठक, एकढिक्का भएर पार्टी निर्माणमा लाग्न निर्देशन
Breaking News

माओवादी केन्द्र भरतपुरको विस्तारित बैठक, एकढिक्का भएर पार्टी निर्माणमा लाग्न निर्देशन

चितवन ।  नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा २९ वडाका इन्चार्ज अध्यक्ष तथा सचिवका साथै अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए ।
उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे ।

विज्ञापन

पाटीलाई नयॉ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे ।

विज्ञापन

बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले सम्पूर्ण सहभागी पार्टी नगर कमिटीका सदस्यहरूलाई पर्टीलाई गति दिनेगरी योजनाबद्ध ढंगले योजना बनाएर गाउँगाउँमा जान आग्रह गरिन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकतादेखि विघटनसम्मको परिस्थितिको चर्चा गर्दै सर्व सत्तावादी सोच बोकेका ओली र ओली प्रवृत्तिका कारण प्राप्त उपलब्धीहरू संकटमा परेको भन्दै यसलाई जोगाउन नेपाल कम्यूनिस्ट पार्टी माओवादी केन्द्र देशको ठूलो पार्टी बन्नै पर्ने बताउँदै सोहीबमोजिम पार्टीले लिएका निर्णयहरूलाई कडाईका साथ कार्यान्वयन गर्दै जानुपर्ने बताइन् ।

माओवादी कार्यकर्ताहरूलाई विगतको जसरी निदायर बस्ने छुट नभएको भन्दै सबैले आआफ्नो जिम्मेवारी इमानदारिताका साथ कार्यान्वयन गर्दै एक ढिक्का भयर पार्टी निर्माणमा लाग्न आग्रह गरिन् । दाहालले यथास्थितिमा माओवादी पार्टी अगाडि बढ्न नसक्ने बताउँदै सबैको सामुहिक प्रयासबाट छलाङ मार्नुपर्ने बताइन्।

भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले जनताको मनमनमा पुगेर मात्र पार्टी र आन्दोलनको विकास र रक्षा गर्न सकिने भन्दै जनताको सुख दुखमा एकाकार भयर आम जनताको मन जित्न आग्रह गरिन् ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकामा आफु प्रमुख भएर आयदेखि नै पार्टी र जनसमुदायसँग सहकार्य गर्दै दिगो र योजनाबद्ध विकासमा केन्द्रित रहेको भन्दै विकास ,सम्वृद्धि र सुशासनमार्फत आम नगरबासीको मन जित्ने काममा आफू सफल भएको अनुभूति आफूलाई भएको बताइन् ।

नगर इन्चार्ज दाहालले आपसी अस्वस्थ प्रतिस्पर्धा, आक्रोस, कुन्ठाले पार्टी निर्माण गर्नै नसक्ने बताउँदै यसले गुटबन्दीलाई मात्र प्रश्रय दिने हुँदा त्यस्ता गतिविधिहरू सबैले छोडेर एक ढिक्का बनाएर पार्टी निर्माण गर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । पार्टीले योग्यता क्षमता र योगदानको आधारमा उपयूक्त जिम्मेवारी दिने बताउँदै कोही कसैको गुनासो नआउने गरी पार्टी गतिविधिमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

माओवादी केन्द्र सचिवालय, प्रदेश कमिटी र जिल्ला कमिटीहरूको बैठकको निर्णयअनुसार सम्पूर्ण पालिकाहरूको पालिका र वडा र टोल कमिटीहरूको भेला, कमिटी गठन तथा पुनर्गठन असोज १५ गतेसम्म गरिसक्ने निर्णय भएसंगै माओवादी केन्द्र चितवनले जिल्लाका ७ वटै पालिकाहरूमा पालिका, वडा र टोल कमिटीहरूका साथै जनवर्गीय र पेसागत समितिहरूको मेलामा केन्द्रित भएको छ। मंगलबार नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वडागत रिपोटिङ गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस