बिहिबार, कार्तिक १९, २०८३
  • होमपेज
  • Breaking News
  • पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैनः अर्थमन्त्री वाग्ले
Breaking News

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैनः अर्थमन्त्री वाग्ले

काठमाडौं,कात्तिक १९। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उहाँले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताउनु भयो ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस