शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मिल्ने भए प्रचण्ड-माधवले मन्त्रिपरिषद् भ्यागुतो जस्तै फुलाउँथे : ओली
समाचार

मिल्ने भए प्रचण्ड-माधवले मन्त्रिपरिषद् भ्यागुतो जस्तै फुलाउँथे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन्।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे।

विज्ञापन

‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन्। पहिलाजस्तो ६५/६७ बनाउन सक्दैनन्। मिल्ने भए त भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो। अहिले संविधानले दिँदैन। अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा।’

विज्ञापन

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो। ‘कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो’, उनले भने।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस