शनिबार, कार्तिक २१, २०८३
  • होमपेज
  • Breaking News
  • सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड
Breaking News

सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारका गतिविधि अपारदर्शी र अनिश्चित देखिएको टिप्पणी गरे। पत्रकार पक्राउदेखि नेता तथा कर्मचारीमाथि हुने व्यवहारसम्म कुनै निश्चितता नरहेको उल्लेख गर्दै उनले मुलुकमा अस्थिरता र अन्योल बढेको दाबी गरे।

विज्ञापन

उनले पुराना राजनीतिक दलहरूले गरेका योगदानलाई अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ति जनाए। गणतन्त्र स्थापना, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रको विकासमा भएका उपलब्धिलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस