खसीबोकाको अङ्गको माला गलामा लगाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि रुपन्देहीका एक मासु व्यवसायी विवादमा परेका छन्। अस्वाभाविक शैलीमा बनाइएको उक्त भिडियो टिकटक र फेसबुकमा सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको हो।
तिलोत्तमा नगरपालिका–२ स्थित आदीखोले मासु पसलका सञ्चालक ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर भिडियो बनाएका थिए। घटनापछि उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा पुगेको अनुगमन टोलीले उनलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिएका छन्।
व्यवसायी रानाभाटले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना तिर्ने र आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाले उनलाई खाद्य स्वच्छता र व्यवसायको मर्यादा कायम राख्दै जिम्मेवार रूपमा पसल सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि मासु व्यवसायी संघ रुपन्देहीले पनि उनलाई जरिवाना गरेको थियो।






फेसबुक प्रतिक्रियाहरु