On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीको निर्देशन : मुलुकमा सरकारी गुण्डागर्दी बढ्यो, प्रतिवादमा उत्रिनू
समाचार

ओलीको निर्देशन : मुलुकमा सरकारी गुण्डागर्दी बढ्यो, प्रतिवादमा उत्रिनू

काठमाडौं। 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भिर आरोप लगाएका छन्।

विज्ञापन

 

विज्ञापन

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

 

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोहोर्‍याए।

 

अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरुले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारेका छन्।

 

‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईहरुले भण्डाफोर गर्नुपर्छ। र मैले अस्ती बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ। एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यबहारहोस्’, उनले भने, ‘र, त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहारहोस भन्ने जनता चाहन्छ। शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ। तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ? प्रतिवाद गर्नुपरेन। जनता भोली प्रतिवादमा निस्कन्छ। अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन।’

 

 

उनले मुकदर्शक भएर बसेमा कांग्रेसले जे पनि गर्ने तर्क गरे। पञ्चायतले पेल्दा नबोलेको कांग्रेस आफूले मौका पाउँदा पेल्न तयार हुने उनको भनाइ थियो।

 

 

‘२०१७ साल हेरे हुन्छ। २०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि कांग्रेस केही पनि बोलेन। कोही पनि बोलेन। ३० वर्षसम्म किन चल्यो? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होईन ? माघ १९। माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले’, उनले भने, ‘त्यस शासन नै अन्त्य गरिदियो जनताले। तसर्थ जनता सचेत हुनुपर्दछ। जनतालाई सरकारले दुःख दिनु हुँदैन। लोकतन्त्र केही मानिसहरु शासनमा पुग्ने प्रणाली मात्रै होइन। जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो।’

 

 

ओलीले सरकारले जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढंगले दुःख दिएर, अमानवीय ढंगदे दुःख दिएको कुरामा आपत्ति रहेको पनि बताएका छन्।

 

 

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस