On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • यसकारण जसपा सरकारमा सहभागी नहुने
Breaking News

यसकारण जसपा सरकारमा सहभागी नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी ९जसपा०ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन् ।

विज्ञापन

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

विज्ञापन

‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले राजधानीसँग भने, ‘तर, हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस