शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट
समाचार

जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।

‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।

विज्ञापन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ साढे ६ देखि राति साढे ९ बजेसम्म शीर्ष नेताहरुबीच छलफल भएको थियो । वार्तामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल लगायत सहभागि थिए ।

विज्ञापन

कार्यदलबारे भोलि बिहान दुइ शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने विष्टले जानकारी दिए । शुक्रवारको वार्तामा संस्थापन पक्षको तर्फबाट रामबहादुर थापा पनि सहभागि थिए ।

‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो’ बैठकपछि नेता रघुजी पन्तले भने ।

छलफलमा एमाले महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल सहभागि थिए ।
ओली र नेपालबीच बिहीवार भएको छलफल पछि एमाले विवाद सहमति उन्मुख भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस