शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अनारको फाइदा यस्तो पनि
समाचार

अनारको फाइदा यस्तो पनि

अनार एक यस्तो फलहो जो सधै जसो मूल्यका हिसावमा महंगो हुन्छ । स्वादिलो भएपनि यसको बोक्रा निकाल्ने लगायतका झन्झटका कारण कयौं मानिस यसबाट पर भाग्छन् । तर स्वास्थ्यका हिसावमा अनार अतिनै फाइदाजनक फलफूल हो ।

एक अनुसन्धानका अनुसार महिला र पुरुष सधै अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ ।

विज्ञापन

अनारको जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तिव्ररुपमा बढ्छ । जहाँ डाक्टरहरु पनि मान्छन् कि मात्र दुई हप्ता अनारको जुस पिएको खण्डमा शरीरमा तागत बढ्न जान्छ ।

विज्ञापन

अनारको जूस पिउनाले अन्य फाइदाका साथ मस्तिस्कको क्षमता पनि बढ्न जान्छ । यो दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ । यसका साथ अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नका लागि व्लड सर्कुलेसनलाई नियन्त्रित राख्नपनि सहयोग गर्छ ।

यस्ता छन् अरु फाइदा

अनारको १०० ग्राम जूसमा थोरै वीरे नून र मह मिलाएर खानाले रगको मात्रा बढ्छ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

अनारको सेवले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ ।

अनारको जूस पिउँदा मनौवैज्ञानिक कमजोरीमा सुधाार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहयाता गष्र्छ ।
अनारको जूस सवैभन्दा फाइदा जनक गर्भवती महिलालाई हुन्छ । गर्भवती महिलामा शरीरमा रगतको कमीका कारण निर्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ । नियमित रुपमा अनारको प्रयोगले पेटमा रहेको बच्चालाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।
अनारका यस्ता सयौं फाइदा छन् । जसलाई तपाईले नियमित सेवन गर्न सक्नुभयो भने स्वस्थ्य रहन सक्नुहुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस