शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला
समाचार

चितवनमा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका(२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको वडा नं। २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७र२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४र२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

विज्ञापन

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस