On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • चितवन महोत्सव सुरु, आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास
Breaking News

चितवन महोत्सव सुरु, आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास

चितवन। नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले चितवन महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताए । कोरोना र बैंकको व्याजदरका कारण सिथिल बनेको जिल्लाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने श्रेष्ठको विश्वास थियो । बागमीत प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक उन्नतीका लागि कामहरु गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यवसायीलाई परेको समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा व्यवसाय दर्ताको काम अनलाइनबाट गर्ने प्रविधिको विकास गरेको भन्दै मन्त्री श्रेष्ठले घरमै बसेर व्यवसाय दर्ता तर्दा बन्द गर्न सकिने बताए । पछिल्लो समय नेपालको हस्तकला व्यवसायले विदेशमा राम्रो व्यापार गर्न सफल भएको भन्दै उनले यस व्यवसायबाट आठ लाख बढीले रोजगारी पाएका बताए । हस्तकला व्यवसायले बर्सेनि १२ अर्ब रुपैयाँ भन्दा बढीको सामान निर्यात गर्ने गरेको भन्दै उनले साना, मझौला र हस्तकलाको व्यवसायबाट नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले मद्दत पु¥याउने बताइन् । चितवनको कृषिमा धेरै सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रमुख दाहालले कृषिको सम्भावनालाई मूर्तरुप दिन महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन् । चितवनमा स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको राम्रो सम्भावना रहेको भन्दै नारायणी नदी तटबन्धसहित यहाँ पर्यटकीय गतिविधि सञ्चालनका लागि महानगरपालिकाले विशेष ध्यान दिएको दाहालको भनाइ छ ।
महोत्सव उद्घाटन सत्रमा मन्तव्य राख्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमाथि निरन्तर प्रहार भइरहेको बताए । राज्यले लगानी गर्ने वातावरण सुरक्षित गरिदिएमा मात्रै नेपालले आर्थिक विकास हासिल गर्नसक्ने श्रेष्ठको भनाइ थियो । बैंकको व्याजदर वृद्धिले व्यवसायीहरु सबैभन्दा बढी समस्यामा परेका भन्दै श्रेष्ठले एकल व्याजदर काम गर्न राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
चितवन महोत्सव मूल समारोह समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनमा विगतमा भएका महोत्सवहरुले कृषि तथा पशुपालन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको बताए । यस महोत्सवले पर्यटनका साथै कृषिमा मौरी, मह र तोरीको प्रवद्र्धन र विकासमा जोड दिएको श्रेष्ठले बताए । कोभिड–१९ र त्यसपछि सिर्जित समस्याबाट क्षतविच्छेद भएको अर्थतन्त्रलाई पुनस्र्थास्थित गर्न यस्ता मेला महोत्सवहरु अर्थपूर्ण रहने श्रेष्ठले बताए ।
यस महोत्सव पर्यटनलाई केन्द्रमा राखेर आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले महोत्सव अवधिभर आयोजना गरिने पर्यटनसँग सम्बन्धित गोष्ठी तथा सेमिनार र विभिन्न पर्यटकीय गतिविधिले चितवनको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने बताए । चितवनलाई पर्यटकीय दृष्टिकोणबाट देशको तेस्रो गन्तव्यकोरुपमा लिइने गरिएकाले दोस्रो बनाउनका लागि वन्यजन्तुमा आधारित पर्यटनका साथै सांस्कृतिक सम्पदा, पर्यापर्यटन, ऐतिहासिक सम्पदा एवं धर्मिक सम्पदामा आधारित पर्यटनको विकास गर्नुपर्ने श्रेष्ठले बताए । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताए ।
आज उद्घाटन भएको महोत्सव आगामी माघ ४ गतेसम्म सञ्चालन हुने उल्लेख गर्दै महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवधिभर विभिन्न गोष्ठी तथा सेमिनारहरु आयोजना हुने बताए । ओलीकाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका गोष्ठी तथा सेमिनारहरु सञ्चालन गरिनेछ । त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको ओलीले बताए ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठले महोत्सवमा ४५० वटा स्टल रहेको बताए । महोत्सवमा सहभागी सबै स्टलहरुको बीमा गरिएको भन्दै श्रेष्ठले महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी गरिने बताए । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । चितवन महोत्सव उद्घाटनसँगै बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूति मिलनबाबु श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसहितका अतिथिहरुले १४औँ चितवन महोत्सव स्मारिकासमेत विमोचन गरेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस