मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • रोचक
  • केवल सुत्नका लागि ४२ हजार तलब !
रोचक

केवल सुत्नका लागि ४२ हजार तलब !

वर्तमान समयमा निकै व्यस्त तथा धपेडीपूर्ण जिवनशैली तथा जागिरको तनावका कारण मानिसहरुको निद्रा खल्बलिने गरेको छ । यसले मानिसहरुमा अनिद्राको समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

राम्रोसँग सुत्न नै नपाइने अहिलेको समयमा अरु काम नै गर्न नपाइने र केवल सुत्न मात्रै पाइने जागिर पाइयो भने कस्तो मज्जा होला ? अझ मासिक तलब झण्डै आधा लाख रुपैयाँ !

विज्ञापन

 

विज्ञापन

असम्भव जस्तै लाग्ने यस्तो जागिरका लागि केही मानिसहरुको खोजी भैरहेको छ । वास्तवमा एउटा विश्वविद्यालयले गर्न थालेको एक अध्ययनका लागि मासिक करिब ४२ हजार रुपैयाँ बराबरको तलब दिएर सुत्ने कामका लागि केही स्वयंसेवीहरूको खोजी गरेको छ ।

मलेसियाको मलाया विश्वविद्यालयका शोधकर्ताहरूको एउटा शोधसँग सम्बन्धित पोष्टर भाइरल बनिरहेको छ । उक्त पोष्टरमा भनिएको छ कि शोधमा भाग लिनका लागि सहभागीहरूले केवल सुत्नुपर्नेछ । त्यसको बदलामा उनीहरूलाई १५ सय मलेसियन रिंगिट प्रदान गरिनेछ जुन नेपाली मुद्रामा करिब ४२ हजार हुन्छ ।

 

युनिभर्सिटी अफ मलायाका शोधकर्ताहरूले आफ्नो शोधका क्रममा सुत्ने जागिर खान सहभागीहरूका लागि केही योग्यताहरु निर्धारण गरेका छन् । सहभागीहरू २० देखि ४० वर्ष उमेर सम्मका हुनुपर्नेछ र वजन पनि औसत हुनुपर्नेछ ।

सहभागीहरू आफ्नै घरमा नै सुत्नु पर्नेछ र उनीहरूको सुपरीवेक्षण गरिनेछ । कुनै खालको निद्रा सम्बन्धी समस्या देखिएमा उनीहरूलाई शोधमा संलगन गराइनेछैन ।

छनोट भएर शयनघरमा जाने व्यक्तिको शरीरको स्क्रिनिङ पनि गरिनेछ र तबमात्र ऊ उक्त शोधमा जोडिनेछ । त्यसपछि उक्त व्यक्ति ३० रातसम्म शयनघरमा सुत्नुपर्नेछ ।

एजेन्सी

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस