शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • मन्त्रिपरिषद बैठक : अघिल्ला सरकारले नियुक्त गरेका राजदूत फिर्ता
Breaking News

मन्त्रिपरिषद बैठक : अघिल्ला सरकारले नियुक्त गरेका राजदूत फिर्ता

सरकारले अघिल्ला सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि बैठकका निर्णय सुनाउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । ‘राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतलाई फिर्ता बोलाइएको छ,’ बैठकको निर्णय सुनाउँदै मन्त्री कार्कीले भने ।

विज्ञापन

सरकारले कर्णाली करिडोरअन्तर्गत सल्लेसल्ला सिमीकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडकखण्डको १३ दशमलव ५ किमि सडकखण्डको ट्र्याक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत पनि दिएको छ ।

विज्ञापन

कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस