शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • माधव-प्रचण्डप्रति टोपबहादुरको कटाक्ष : एमालेसँग एक्लै भिड्ने आँट छैन, कांग्रेसको पुच्छर बने
Breaking News

माधव-प्रचण्डप्रति टोपबहादुरको कटाक्ष : एमालेसँग एक्लै भिड्ने आँट छैन, कांग्रेसको पुच्छर बने

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको पुच्छर बनेर हिँडेको भन्दै कटाक्ष गरेका छन्।

बुटवलमा बुधबार आयोजित एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पद प्रतिष्ठाका प्राप्तिका लागि प्रचण्ड र माधवले कम्युनिस्ट फुटाएर कांग्रेसको पुच्छर बनेर हिँडेको आरोप लगाएका हुन्।

विज्ञापन

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे। फुटाउने कुचेष्टा गरे। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्‍यौं’, उनले भने, ‘तर उहाँहरु नेकपाबाट भाग्नुभयो। आफ्नो आफ्नो कोठातिर लाग्नुभयो। नयाँ उद्देश्य राखेर गएको होइन। उहाँहरुले गलत गर्नुभयो, बाटो बिराउनुभयो।’

विज्ञापन

सुरुमा ५ वर्षका लागि ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका प्रचण्डले आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्थ गर्न खोजेको पनि उनले बताए। तर केही गर्दा पनि नसकेपछि प्रचण्ड प्रतिपक्षी कांग्रेसको शरणमा पुगेको टिप्पणी पनि उनले गरे।

‘आफ्नै पार्टी फुटाएर प्रतिपक्षी नेताको पुच्छर बनेर हिँडे। काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने?’ उनले प्रश्न गरे, ‘संसद पुनःस्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशविरुद्ध परमादेश आयो। पूरै डिजाइनमा देशपारि मात्रै होइन, समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो।’

रायमाझीले प्रचण्ड र माधवले गद्दारी गरेको पनि आरोप लगाए। ‘उहाँहरुले ठूलो भूल र कमजोरी गर्नुभएको छ,’ उनले अगाडि भने।

कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि उनीहरु अझै आफ्नै बलमा उभिन नसकेको उनले बताए।

‘यति हुँदाहुँदै पनि उहाँहरुले सरकार बनाउनुभएको छ, कांग्रेसको पुच्छर बन्नुभएको छ। कम्युनिस्टहरु कांग्रेसको पुच्छर हो? उहाँहरुले गल्ती गर्नुभयो’, उनले भने, ‘अहिले त गर्नुभयो, भोलि पनि कांग्रेसको नेतृत्वमा चुनावमा गठबन्धन बनाउने रे! एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन। अब कांग्रेसको चुनावी घोषणापत्रमा महागठबन्धन गर्नेले विकास गर्छ?’

अहिले सम्पूर्ण पार्टी एकातिर र एमाले एकातिर रहेको उल्लेख गर्दै रायमाझीले दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्न नसक्ने दाबी गरे ।

‘हामी एकजुट हुनुपर्छ । माओवादी पृष्ठभूमिको हामी ओलीकै नेतृत्वमा समृद्ध हुन्छ भनेर जोडिएका छौं’, उनले भने, ‘साथीहरु परपर जानुहुन्छ। भ्रममा नपरौँ। जोडिऊँ। अहिलेको आवश्यकता ओलीको नेतृत्वमा देश बनाउने हो।’

उनले एमाले फेरि सत्तामा आउनुपर्ने पनि बताएका छन्। ‘लोकतान्त्रिक चुनावको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनु पर्छ’, उनले भने, ‘हामी पुन: सत्तामा आउन जरुरी छ। हामी पुन टेस्ट हुन आवश्यक छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस