शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा दसैँका लागि नयाँ नोट वितरण अन्योलमा, बैँकमा कुनै जानकारी आएन
समाचार

चितवनमा दसैँका लागि नयाँ नोट वितरण अन्योलमा, बैँकमा कुनै जानकारी आएन

चितवन।

चितवनमा दसैँतिहार जस्ता चाडपर्वको लागि नयाँ नोट वितरण कहिलेबाट हुन्छ भन्ने अझै अन्योलमा रहेको छ ।

विज्ञापन

बैँकहरुले असोज ४ बाट नोट बाड्ने हल्ला चले पनि कुनै आधिकारिक सूचना नआएको बताएका हुन् ।

विज्ञापन

राष्ट्रिय वाणिज्य बैँक भरतपुरमा हरेक वर्ष नयाँ नोट बाडिँदै आएकोमा यो वर्ष भने कुनै निर्देशन नआएको बैँकका प्रवन्धक सन्तोष उप्रेतीले  बताए । उनले भने, ‘ बाहिर असोज ४ गतेबाट नयाँ नोट बाडिने भन्ने हल्ला आए पनि आन्तरिक निर्देशन वा सूचना केही आएको छैन । केही सूचना प्राप्त नभएसम्म कहिलेबाट वितरण गर्ने भन्ने विषय अन्योलमा छ ।’ नोट प्राप्त नभएसम्म यसै भन्न सक्ने अवस्था छैन ।

बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैँकले काठमाडौंमा राष्ट्र बैँकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट असोज ४ गतेबाट नोट साट्न पाइने जनाएको थियो ।

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ । दसैँ तिहार लक्षित गरेर राष्ट्र बैँकले हरेक वर्ष सुकिला (नयाँ) नोट सटही गर्दै आएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस