शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • आचारसंहिता उल्लंघन गर्दै ओलीले दिए चेतावनी
Breaking News

आचारसंहिता उल्लंघन गर्दै ओलीले दिए चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताको उल्लंघन गरेका छन् । उनले निर्वाचन आचारसंहिता विपरित मौनअवधिमा भोट हाल्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेका छन् ।

जेठ ६ गते अर्थात् भोलि हुन लागेको वाग्मती प्रदेशअन्तर्गगतको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले एमालेबीच नै प्रतिस्पर्धा हुन लागेको छ । ओली समुहबाट उमेदवार रामबहादुर थापा बादल छन् ।

विज्ञापन

बादललाई जिताउनका लागि ओलीले विज्ञप्ति नै जारी गरेका छन् । भोली हुने निर्वाचनको लागि ओलीले धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन् । उनले मौन अवधिमा पनि चेतावनी दिँदै विज्ञप्ति निकालेका छन् ।

विज्ञापन

उनको यस्तो विज्ञप्तिलाई लिएर सामाजिक संजालमा बहस सुरू भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पनि नमान्ने ओलीलाई कानुन लाग्दैन ? भन्दै प्रश्न उठ्न थालेको छ ।

उनले बहुदलीय व्यस्थामा दलीय निर्देशनको पालना पार्टीपद्धतिअनुकूल नहुने बताउँदै किन यस्तो अवस्थामा पुग्छौँ भनेर प्रश्न गरेका छन् ।

उनले सबै नेता–कार्यकर्तालाई पार्टीको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा उभिन भनेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले अरू दलहरूलाई सहमत गराएर डा. खिमलाल देवकोटा उठाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस