On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • थापालाई हराउन ओली समूहकै नेताहरूको लविङ
समाचार

थापालाई हराउन ओली समूहकै नेताहरूको लविङ

काठमाडौं । जेठ ६ गते हुने बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेवद्वार डा. खिमलाल देवकोटाको विजयी सुनिश्चित बनेको छ।नेपाली काँग्रेस, नेकपा माओवादी, उपेन्द्र यादवनिकट जसपा, माधव नेपालनिकट नेकपा एमाले गठबन्धनका साझा उम्मेद्वार देवकोटालाई एमालेनिकट केपी ओली समूहको समेत केही मत जाने भएपछि यस्तो स्थिति देखिएको हो। गृहमन्त्रीको लोभमा एमाले बनेका रामबहादुर थापा.(बादल) लाई पार्टीभित्रको शक्ति सन्तुलनका लागि हराउनै पर्ने ओली समूहको बाध्यताका कारण यस्तो तयारी गरिएको स्रोतले जानकारी दिएको छ। गोप्य मतदान हुने भएकाले यसलाई सफल कार्यान्वयन गर्न ओली समूहका केही नेतालाई जिम्मेवारी सुम्पिएको बताइएको छ।

यस निर्वाचनमा गृहमन्त्रीसमेत रहेका थापा नेकपा एमालको उम्मेद्वार हुन्। गठबन्धनको साझा उम्मेदवार हुनु परेका कारण डा. देवकोटा स्वतन्त्र उम्मेद्वारका रुपमा छन्। त्यसो त चुनावी मैदानमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाट कृष्ण तामाङ पनि छन्। तर चुनावमा थापा र देवकोटाबीच नै प्रतिस्पर्धा हुने छ। यो निर्वाचनमा प्रदेशको ११९ स्थानीय तहका २३८ प्रमुख र उपप्रमुख तथा १०९ प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाताका रूपमा रहने व्यवस्था छ। प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ। त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान १८ रहेको छ।

विज्ञापन

वागमती प्रदेशमा नेकपा एमाले नै ठूलो दल रहेको छ। एमालेसँग प्रदेशसभाका ५७ जना र स्थानीय तहका १३३ जना मतदाता रहेका छन्। यसअनुसार एमाले बिभक्त नहुदा प्रदेशको २ हजार ८ सय ३६ र स्थानीय तहको २ हजार ३ सय ९४ गरी कुल ५ हजार १ सय ३० मत एमालेका उम्मेद्वार थापाले पाउनु पर्ने हो। यो भनेको विजयीको लागि भारी मत हो। यद्यपि पार्टीगत रुपमा देबकोटा माधब नेपालनिकट उम्मेद्वार भएकाले एमालेको मत विभाजन हुने निश्चित छ। एमालेका १३३ जना स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये ३८ जना प्रमुख तथा उपप्रमुख माधव नेपाल पक्षमा खुलेका छन्। यो भनेका ६ सय ८४ मत हो। त्यस्तै नेपाल पक्षमा २२ जना प्रदेशसभा सदस्य छन्। यो भनेको १ हजार ५६ मतभार हो। यो मत नै एमालेका उम्मेदवारलाई थापा हार्न पर्याप्त हुन्छ।

विज्ञापन

नेपाली कांग्रेसको प्रदेशसभाको १ हजार ५६ र स्थानीय तहको १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मत रहेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मत छ। वागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार रहेको छ । यसरी माधब नेपालनिकटको मत बाहेक नै विपक्षसँग ४ हजार ४ सय ५२ मत हुन्छ। नेपालनिकट एक हजार ७ सय ४० थपिदा ६ हजार १ सय ९२ मत हुन्छ। यो भनेको झण्डै दोब्बर मत हो।

ओलीनिकट मत नै देवकोटालाई जाने

नेकपा एमालेको आधिकारिक उम्मेद्वार थापा भए पनि ओलीनिकट केही मत देवकोटालाई जाने छ। रामबहादुर थापालाई हराउनै पर्ने बाध्यता यो समूहमा रहेको हुँदा ओली समूले यस्तो योजना कार्यान्वयन गर्दैछ। थापालाई हराउन ओलीनिकट प्रदेशका ७ सांसद र स्थानीय तहका १७ जना प्रमुख उपप्रमुखलाई अति गोप्य सर्कुलर गरिएको विस्वस्त स्रोतको दाबी छ। गोप्य मतदान हुने भएकाले यो निकै सफलतापूर्वक कार्यान्वयन गर्ने तयारी छ।

बाहिर दृश्यमा ओलीनिकट एक गठजोड जस्तो भए पनि भित्रीरुपमा थापालाई मत क्रस गरिने छ। थापालाई ओली समूहमै अवसरवादी एमालेका रुपमा चित्रण गरिन्छ। गृहमन्त्री नपाए उनी एमाले बन्नै नसक्ने उक्त समूहमा चर्चा हुने गरेको छ। विगतमा रामबहादुर थापाको पार्टी माओवादीसँग लडेर, भीडेर बचाएको एमालेमा खाने बेलामा पार्टी त्यागेर आएको ओलीनिकट नेताहरुको भनाई छ। थापालाई एमालेको विचार, सिद्धान्त र कार्यदिशा मन नपरेको गृहमन्त्रीको पद मात्रले आकर्षण गरेको आम एमालेजनको बुझाई छ। त्यसैले थापालाई नक्कली र अवसरवादी एमालेका रुपमा लिइन्छ।

हिजो एमाले सिध्याउने सैनिक कमाण्डर थापालाई भोट हाल्नु पर्ने अवस्था आएकाले कतिपय एमालेहरु बिक्षिप्त बन्न थालेका छन्। रामबहादुर थापाले राजकीय पदमा मात्र नभई पार्टीभित्र पनि असर पु¥याउने भएकाले अहिले यही मौकामा हराएर साइजमा ल्याउने तयारी ओली समूहको छ। अहिले हराउदा विपक्षी गठबन्धन बलियो भएकाले थापाले समेत स्वभाविकरुपमा लिने उक्त समूहको ठम्याई छ।

अहिले थापाले हारेमा पार्टीभित्र उनको कुनै प्रभाव नरहेको ओली समूहको निस्कर्ष छ। अहिले चुनाव हार्दा एक त उनको राजनीतिक प्रभाव शून्य भएर जानेछ अर्कोतिर केही महिनापछि नै उनले गृहमन्त्रीबाट समेत हात धुनु पर्ने छ। यस अवस्थाले थापा ओली समूहको एउटा बफादार कार्यकर्तामा मात्र सीमित हुने छन्।

अहिले थापाले निर्वाचन जिते पार्टीभित्र ओलीको उत्तराधिकारीलाई समेत अप्ठ्यारोमा पार्न सक्ने उक्त समूहमा कुरा उठिरहेको छ। उनको प्रभाव कायमै रहे पार्टीको कुन पदमा व्यवस्थापन गर्ने भन्ने समस्या आउने उक्त समूहको बुझाई छ। ओली समूहमा ओलीको उत्तराधिकारीको बिषयलाई निकै गम्भीररुपमा लिने गरिएको छ। ओली समूह खास गरेर शंकर पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छ। बिचार र लिगेसी दुबै कोणबाट शंकर नै भावी नेत्रृत्व हुन सक्छन् भन्ने ओली समूहमा बलियो मत छ। यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सबभन्दा बढि जोड छ।

शंकर भए जबजको रक्षा र विकासमा कुनै चिन्ता लिनु नपर्ने उनको बुझाई छ। शंकरलाई नेतृत्वमा स्थापित गर्नैका लागि ओली समूहले विष्णु पौडेल, ईश्वर पोखरेल र वामदेव गौतमलाई विभिन्न बिबादमा फसाएको बताइन्छ। पौडेल, पोखरेल र गौतम शंकरका सबभन्दा बढी प्रतिस्पर्धी ठानेर उनीहरुलाई बिभिन्न काममा उछालेर बिबादित बनाइएको हो।
पौडेललाई बालुवाटार प्रकरण, पोखरेललाई यति र ओम्नी प्रकरण र गौतमलाई पदलोलुपताको प्रकरणले निकै नै कमजोर बनाएको छ। यि काण्डले उल्लेखित नेताहरु कमजोर बनेपछि सुवास नेम्वाङलाई शितल निबासमा व्यवस्थापन ओली समूहको योजना थियो।

यति गरेपछि शंकरलाई नेतृत्वमा छेक्न सक्ने अर्को नेता ओली समूहमा थिएन। तर यही बिचमा रामबहादुर थापाको प्रबेश भएपछि पार्टी नेत्रृत्वका लागि केही अप्ठ्यारो महसुस गरिएको छ। थापा शंकरभन्दा सिनियर हुनु र ओलीपछि थापासहित गठबन्धन गरेर शंकरलाई पछि पार्न सक्छन कि भन्ने आशंकाले हेरिएको छ। त्यसैले उनको व्यक्तित्व र प्रभावलाई अहिलेदेखि नै कैचि लगाउन यो उपनिर्वाचनमा हराउनै पर्ने ओली समूहको गुप्त योजना देखिन्छ।

ई आर्थिकबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस