आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर मेयर्स कप ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई
Breaking News

भरतपुर मेयर्स कप ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई

चितवन ।

चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा सम्पन्न ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ खुल्लातर्फको उपाधि त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीले जितेको छ ।

विज्ञापन

 

विज्ञापन

फाइनल प्रतिष्पर्धामा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित ग¥यो । प्रिन्सको जोडीले दोस्रो सेटमा ८–२ को अवस्थामा वाकओभर दिएपछि आर्मीको टिमले उपाधि जित हात पारेको हो ।

 

यसैगरी टप २० ¥याङकिङ बोहकका खुल्ला पुरुष प्रतिस्पर्धाको उपाधि धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले जितेको छ । फाइनलमा बालकुमारी रेमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गर्दै ठकुरी र थापाको जोडीले उपाधि जितेको हो ।

यसैगरि भेट्रान ४५ प्लस विधाको उपाधि तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले जितेको छ । निकै प्रतिष्पर्धात्मक फाइनलमा कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । गुरुङ र श्रेष्ठको जोडीले पहिलो सेट २१–१८ जितेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९–२७ ले संघर्षपूर्ण जित निकालेको थियो ।

त्यसैगरी भेट्रान ५५ प्लस विधाको उपाधि भने चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले जितेको छ । फाइनलमा फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । चौधरी र श्रेष्ठको जोडीले पहिलो सेट २१–१६ र दोस्रो सेट २१–१३ ले जितेको थियो ।

यसैगरी अन्तिम विधा रहेको चितवन ‘सी’ लेभलको उपाधि पूर्वीचितवनका इश्वर आलेमगर र निश्कल भट्टको जोडीले जितेको हो । फाइनलमा चितवनका यमबहादुर गुरुङ र सूर्य आचार्यको जोडीलाई २–१ कोसेटमा पराजित ग¥यो ।
यस विधामा चितवनका प्रकाश डल्लाकोटी, दिवस श्रेष्ठ र बेलु श्रीस, सैलेन्द्र प्रधानाङगको जोडी तेस्रो स्थान हासिल गरेको चितवन जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष खुश गुरुङले जानकारी दिए ।

विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद इश्वर सापकोटा ‘सुमन’ले पुरस्कार वितरण गरेका थिए । समापन समारोह भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरु भएका थिए । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा प्रतियोगिता भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस