सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
समाचार

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । कपिलबस्तबाट ​काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा केही मृत्यु भएको छ । तर, शव निकाल्ने काम भइरहेकोले यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए ।

विज्ञापन

उनका अनुसार दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस