आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमिकाको ३८ वर्षीय प्रेमीले गरे घाँटी रेटेर हत्या
समाचार

बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमिकाको ३८ वर्षीय प्रेमीले गरे घाँटी रेटेर हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किशोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

विज्ञापन

१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् ।

विज्ञापन

 

आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन् ।

 

हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

 

विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन् । सामाजिक सन्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् ।

 

स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।न्युज कारखाना

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस