शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • जिब्रो र मुखको खटिरा निको पार्ने घरेलु उपचार
समाचार

जिब्रो र मुखको खटिरा निको पार्ने घरेलु उपचार

काठमाण्डौं । कहिलेकाहीँ जिब्रो र मुखमा खटिरा आउँदा खान पिउन निकै समस्या हुने गर्दछ । दाँतले जिब्रो टोकिँदा, कब्जियतका कारणले वा अन्य कारणले पनि मुख र जिब्रोमा खटिरा आउन सक्छ । यस्तो समस्या तपाईँमा पनि हुने गरेको छ भने, आत्तिनु पर्दैन यसको घरेलु उपचार सम्भव छ ।

अलैँचीको चूर्ण : अलैँचीको धूलोलाई महमा चोबेर खटिरामा लगाउँदा र मुखको र्‍याल चुहाउँदा पनि खटिरा बिलाएर जान्छ ।

विज्ञापन

अम्बाका पात : अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिब्रो सफा हुन्छ साथै खटिरा पनि हराउँछ ।

विज्ञापन

मुलेठी : मुलेठीको काँढा बनाएर चिस्याउनुस् त्यसलाई कपडा वा चियादानीले छान्नुहोस् र यसको पानीले दिनमा ३–४ पटक कुल्ला गर्नुहोस् । यसले मुख र जिब्रोका खटिरा हराउँछ ।

घिउकुमारी : घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ साथै खटिरा पनि छिट्टै निको हुन्छ ।

नरिवल पानी : नरिवलको पानीले पनि मुख र जिब्रोको खटिरा ठिक पार्छ ।

हरियो धनियाको रस : धनियाँलाई पानीमा उमालेर त्यसको पानी छानेर चिस्याउने र कुल्ला गर्दा खटिरा गायब हुन्छ ।

मह : महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस