शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरले भन्योः शिक्षक आन्दोलनले विद्यालय बन्द भए एक्सन लिन्छौं
Breaking News

भरतपुर महानगरले भन्योः शिक्षक आन्दोलनले विद्यालय बन्द भए एक्सन लिन्छौं

चितवन ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

शिक्षकको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न पाउने अधिकारको पनि शिक्षकले ख्याल गर्नुपर्ने भन्दै विद्यालय बन्द भए एक्सनमा उत्रने बताएका हुन् ।

 

रानाले भने, ‘ रात रहे अग्राख पलाउँछ भनेझै शिक्षकहरुको आन्दोलनले रातभरमा केही निष्कर्ष आउला भन्ने आशा गरौं । निष्कर्ष नआए पनि शिक्षकहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । लामोसमयसम्म आन्दोलनकै कारणले विद्यार्थीले पढ्न नपाउने अवस्था आएमा भरतपुर महानगरपालिकाले एक्सनमा उत्रन्छ ।’ उनले आन्दोलनले धेरै दिन पठनपाठन अवरुद्ध हुँदैन भन्ने आशा पनि व्यक्त गरे । शिक्षकहरु आफैँ बुझ्ने मानिस भएकोले बालबालिकाको पढ्न पाउने अधिकारबारे भनिरहनु नपर्ने विचार रानाले राखे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस