आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ढाकाकुमारले खुलासा गरे रास्वपाको ‘कोर टिम’
समाचार

ढाकाकुमारले खुलासा गरे रास्वपाको ‘कोर टिम’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोर टिमको खुलास गरेका हुन् । मोहनजंग थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र लामिछानेकी धर्मपत्नी निकिता पौडेलसँग पनि उनले तीन करोड दिए मन्त्रीका लागि लविङ गरिदिन्छु भनेको सुनाए ।

विज्ञापन

उनले आफूलाई पैसाको लागि पटक–पटक फोन आएको पनि सुनाए । ‘केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बन्नका लागि तीन करोड माग्नुभयो । उहाँमार्फत मसँग पैसा मागिएको हो,’– उनले भने ।रिपोर्टर्स नेपालबाट

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस