शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भारतसँग २२८ रनले पराजित भयो विश्वकै ‘नम्बर वान’ पाकिस्तान
Breaking News

भारतसँग २२८ रनले पराजित भयो विश्वकै ‘नम्बर वान’ पाकिस्तान

काठमाडौं। श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सानदार जीत निकालेको छ । विश्वकै नम्बर वान टिम भनेर चिनिने पाकिस्तानलाई भारतले सहज रूपमा हराएको छ ।

सोमबार भएको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको सहज जित निकालेको हो। भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा ८ विकेट गुमाएर मात्र १२८ रन बनायो। पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन्।

विज्ञापन

पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे। त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए।
भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले ८ ओभरमा २५ रन मात्र खर्चिएर ५ विकेट लिए।

विज्ञापन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस