सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • बेरोजगार र अभावले हजारौं युवा मुग्लान पसेः प्रधानमन्त्री दाहाल
Breaking News

बेरोजगार र अभावले हजारौं युवा मुग्लान पसेः प्रधानमन्त्री दाहाल

सुर्खेत

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उनले बेरोजगारी र अभावले हजारौं युवाहरू मुग्लान पसेको अनुभूति रहेको बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवा पलायनको अवस्था आएको बताए । उनले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम राम्रोसँग बुझेको बताएका छन् ।

 

प्रधानमन्त्रीले भने, ‘समयमा उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति मैले अनुभूत गरेको छु । कर्णालीका गरिबी, पछौटेपन र भूगोलमा म पसेको छु । जनयुद्धदेखि संघर्षमय सन्दर्भमा यहीँ बसेर मैले आन्दोलनको नेतृत्व पनि गरेको छु ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस