शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • भरतपुर महानगरपालिकाले लघु उद्यमीलाई दियो प्रविधिका सामान
चितवन विशेष

भरतपुर महानगरपालिकाले लघु उद्यमीलाई दियो प्रविधिका सामान

चितवन । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत ७ वटा समूहलाई प्रविधिहरु हस्तान्तरण गरिएको छ । उद्यमीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । महानगरबाट सञ्चालित मागका आधारमा तालिमबाट तालिम लिएका वडा नम्बर १३, २३, २४ र २५ नम्बरका उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रविधिका सामानहरु हस्तान्तरण गरिएको हो ।
हस्तान्रणपछि मन्तव्य दिनु हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरबासीलाई दक्ष जनशक्ति बनाउन यस्तो कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।
महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउदै आएको जानकारी पनि दिनुभयो ।
यस्ता कार्यक्रमले उद्यमीहरुलाई स्वालम्बी, आत्मर्निभर बनाउन सहयोग पुराएको उहाँको भनाई थियो ।
प्रमुख दाहालले आगमी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधिहरु हस्तान्तरण गरिने पनि बताउनुभयो ।
उद्यमीहरुलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेशिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर २ थान, भट्टी चुलो २ थान , पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेशिन २ थान र ईन्टरलक मेशिन ४ थान दिइएको हो । प्रविधिलाई रु ३ लाख ९६ हजार १ सय ८० रुपैयाँमा खरिद गरिएको महानगरको सामाजिक शाखाले जनाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस