शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • बारा–२ का लागि उपेन्द्र यादव एक मात्र योग्य उम्मेदवार– मनिष सुमन
समाचार

बारा–२ का लागि उपेन्द्र यादव एक मात्र योग्य उम्मेदवार– मनिष सुमन

बारा– जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले बारा–२ का लागि एक मात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन्। पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बारा–२ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका हुन्।
उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेता भएको सुमनले बताए।

‘उपेन्द्र यादव राजनीतिले खारिएका, विचार र दृष्टिकोणले परिपक्व एवम् अनुभवी नेता हो’, सुमनले भने। मधेस र मधेसी जनतालाई कसैले राम्ररी बुझेको छ, जानेको छ भने त्यो उपेन्द्र यादव नै भएको उनको दाबी छ। ‘त्यत्तिकै उहाँलाई मधेसको मसिहा भनिएको होइन’, उनले थपे।

विज्ञापन

बारा–२ का उम्मेदवारहरूमध्ये केही राजनीति सिक्ने क्रममा रहेका र कोही विभिन्न घटनामा संलग्न भएर बदनाम भएका सुमनको भनाइ छ।

विज्ञापन

उपेन्द्र यादव त्यस क्षेत्रमा उम्मेदवार बनेपछि त्यहाँ अरु उम्मेदवार को छ भन्ने जनतालाई चासो समेत नहुने उनको भनाइ छ।

उपेन्द्र यादवले त्यस क्षेत्रका जनताको अधिकारका लागि वलिदानीपूर्ण संघर्ष गरे। जनताको पहिचानलाई स्थापित गराए। अब मधेसमा विकास र समृद्धि ल्याउनुछ। जनताको जीवनस्तर उठाउनुछ। त्यो काम उपेन्द्र यादवले मात्र गर्न सक्छन्’, मनिषले भने, ‘सर्वसाधारण जनताको आँखाबाट हेर्दा पनि यो कुरा छर्लङ्ग छ। अरु उम्मेदवारलाई उनीसँग तुलना गर्न सक्ने ठाउँ छैन। बारा–२ का लागि एक मात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस