शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरपालिका र रूरू गाँउपालिका गुल्मीबीच भगिनी सम्बन्ध स्थापित
Breaking News

भरतपुर महानगरपालिका र रूरू गाँउपालिका गुल्मीबीच भगिनी सम्बन्ध स्थापित

चितवन । भरतपुर महानगरपालिका र रूरू गाँउपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाले शुक्रबार रुरु क्षेत्रमा एक कार्यक्रमका बीच सम्झौता गरेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रूरू गाँउपालिका प्रमुख यदु ज्ञावालीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रमणीय तथा धार्मिक क्षेत्रको पहिचान बनाएको रूरू गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिन ।
भरतपुर महानगरपालिकाले विदेशका विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरी दुई पक्षिय हितमा काम गरिरहेको बताउदै अब देशका विभिन्न पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिए बमोजिम रूरू गाँउपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको उल्लेख गरिन । आगामी दिनमा अन्य पालिकाहरूसँंग पनि सम्झौता गर्दै जाने बताउँदै यस्ता सम्बन्धले जनस्तरको सम्बन्ध विकासका साथै समग्र विकासमा सहकार्य गर्न सकिने बताईन । अनुभ आदान–प्रदानका साथै गराई र भोगाईहरूको आदान प्रदानले कार्य क्षेत्रमा आईपर्ने समस्याहरू समाधान गर्न सहयोग पुग्ने बताईन् ।
प्रमुख दाहालले रूरू गाउँपालिकाको समग्र विकासमा भरतपुर महानगरपालिकाको सधै साथ र सहयोग हुने बताउदै रूरू पालिकाबाट समेत सोही अपेक्ष लिएको बताईन् ।
मध्य नेपालको सुन्दर सहर सभ्य र सुसंस्कृत भरतपुर महानगर र धार्मिक एवम् संस्कृत रूरू गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएसँगै दुई स्थान बीच धार्मिक सॉस्कृतिक आर्थिक एवम् बहुपक्षिय आयामहरूमा दुई पक्षिय सहयोग आदान प्रधान हुने बताईन् ।
भरतपुर महानगरपालिका विकास र समृद्धिको नयाँ आयम कायम गर्दै गैरहेको छ भने रूरू गाउँपालिका धार्मिक संस्कृतिक विकासका साथै ग्रामिण विकासमा अग्रसर हुँदै आईरहेको छ । यस सम्बन्ध कायम भएसँगै दुई तह बीच एक आपसका असल अभ्यासहरूलाई सिकाईको अवसर समेत हुने छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ वुद्धि जिसीले भरतपुर महानगरपालिका र रूरू गाउँपालिका बीच भगिनि सम्बन्ध कायम गरेकोमा दुवै तहलाई धन्यवाद दिदै विकास र सुसासनको केन्द्र बन्दै गएको भरतपुरबाट रूरू गाउँपालिकाले लाभ हाँसिल गर्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा रूरू पालिकाका प्रमुख यदु ज्ञावालीले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा रूरू गाउँपालिकाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस