On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरपालिका र धुर्कोट गाउँँपालिका गुल्मीबीच भगिनी सम्बन्ध स्थापित
Breaking News

भरतपुर महानगरपालिका र धुर्कोट गाउँँपालिका गुल्मीबीच भगिनी सम्बन्ध स्थापित

धुर्कोट । भरतपुर महानगरपालिका र धुर्कोट गाउँँपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिबार एक कार्यक्रमकाबिच सम्झौता सम्पन्न भएको हो । धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा भरतपुर मआनगरपालिका प्रमुख रेनु दाहालले रमणिय एवंम धार्मिक क्षेत्रको पहिचान बनाएको यस गाउँपालिकासंग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी ब्यक्त गरिन् । यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुद्रिढ गर्ने उनले बताइन् । भरतपुर महानगरपालिकाले विभिन्न देशका शहरहरूसंग भगिनी सम्बन्ध कायम गरी दुई पक्षिय हितमा काम गरिरहेको बताउँदै उनले देशका विभिन्न पालिकाहरूसंग भगिनी सम्बन्ध कायम गर्ने निती लिए बमोजिम हिजो यसै जिल्लाको रूरू र आज यस धुर्कोट गाउँपालिका संग भगिनी सम्बन्ध कायम गर्न सम्झौता गरिएको बताईन् । अन्य पालिकाहरूसंग पनि सम्झौता गर्दै जाने उनले बताईन् । यस्ता सम्बन्धले जनस्तरको सम्बन्ध ,एक आपसमा ज्ञान ,सिप र प्रविधी आदानप्रदानका साथै समग्र विकासका कार्यमा सहकार्य गर्न सकिने उनको विश्वास छ ।

विज्ञापन

प्रमुख दाहालले धुर्कोट गाउँपालिकाको समग्र विकासमा भरतपुर महानगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै धुर्कोट पालिकाबाट समेत सोही अपेक्षा लिएको बताईन् । उनले भनिन् , ‘हाम्रो आपसी सम्बन्धले हामिलाई दुई पालिकाको समग्र विकासमा सहयोग र सहजिकण गर्न महत्वपूर्ण भूकिका खेल्ने छ ।’ असल परिणाम दिनेगरी सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

विज्ञापन

मध्य नेपालको शुन्दर शहर , सभ्य र शुसुसस्कृत भरतपुर महानगर र धार्मिक,सॉस्कृतिक एवम ऐतिहासिक धुर्कोट गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम भएसंगै दुई स्थानविच आर्थिक बहुपक्षिय आयामहरूमा सहयोग आदान प्रदान हुनुको साथै विकासको क्षेत्रमा सहकार्य र समन्वय हुने उनको विश्वास छ ।

भरतपुर महानगरपालिका विकास र समृद्दिको नया आयमहरू कायम गर्दै गईरहेको छ भने धुर्कोट धार्मिक , साँस्कृतिक ऐतिहासिक एव्म रमणिय क्षेत्रको रूपमा ग्रामिण विकासमा अग्रसर हुँदै आईरहेको छ ।यस सम्बन्ध कायम भएसंगै दुई तहविच एकआपसका असल अभ्यासहरूलाई सिकाईको अवसर समेत हुने छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क बिज्ञ बुद्दी जिसीले भरतपुर महानगरपालिका र धुर्कोट गाउँपालिकाविच भगिनि सम्बन्ध कायम गरेकोमा दुबै तहलाई धन्यवाद दिदै विकास र शुसासनको केन्द्र बन्दै गएको भरतपुर बाट धुर्कोट गाउँपालिकाले लाभ हाँसिल गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा धुर्कोट गाउँपालिकाका प्रमुख भूपाल पोखरेलले भरतपुर महानगरपालिकासंग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी हुँदै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे। प्रमुख पोखरेलले आफू पहिलो पटक निर्वाचित भएर कार्यभार सम्हाँल्दा धुर्कोट गाउँपालिका भाडाको घरमा कार्यालय संचालन गरिरहेको अवस्था बाट दोश्रो कार्याकालमा यहॉ सम्म आईपुग्दा आफूले थुप्रै उपलब्धीहरू हाँसिल गरेको भन्दै यस पालिकालाई गुल्मीको नमुना पालिका बनाउँने संकल्प गरे । देशकै नमुना पालिका बनिरहेको भरतपुर बाट धुर्कोटको समग्र विकासमा भरतपुरको अनुभव आफ्नो लागि महत्वपूर्ण हुने बताए ।

१८ हजार ४ सय जनसंख्या रहेको धुर्कोटमा ७ वटा वडा रहेका छन् ।गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा रहेको उक्त पालिकाको रमणिय क्षेत्रको धर्म, संस्कृती, भाषा र रहनशहन मिल्दो जुल्दो देखिन्छ ।कृषि र धार्मिक सॉस्कृतिक पहिचान दुवै पालिकासंग एकरूप्ता रहेको प्रमुख प्रसाशकिय अधिकृत ज्ञनुराम पन्थिले बताए । कार्यक्रममा धुर्कोट गाउँपालिकाकी उप प्रमुख सिता गिरी लगायतले आ आफ्नो धारणा राखेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस