शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा उल्लेख्य विकास भएका कारण निर्वाचन पेचिलो बन्यो: रेनु दाहाल
Breaking News

भरतपुरमा उल्लेख्य विकास भएका कारण निर्वाचन पेचिलो बन्यो: रेनु दाहाल

चितवन, वैशाख २० ।भरतपुर महानगरपालकको पाँच दलीय गठबन्धनको मेयरका साझा उम्मेदवार रेनु दाहालले फल फलेको ठाँउमा झटारो हान्ने प्रवृति भरतपुरमा देखिएको बताउनु भएको छ ।

जेष्ठ नागरिक संघ चितवनले भरतपुर १० मा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भरतपुरमा भएको विकासका कारण सबैको ध्यान यहा केन्द्रित भएको बताउनुभयो ।
“जहाँ फल फल्छ, त्यहाँ झटारो हानिन्छ´उहाले भन्नुभयो, भरतपुरको निर्वाचन पेचिलो यही कारण पेचिलो छ । विकास विरोधीहरु भ्रम फैल्याउन तल्लिन छन ।´

विज्ञापन

यहा भएको विकासकै कारण निर्वाचन हुनुभन्दा ३ महिना अगाडिबाट मेयर, उपमेयरका प्रत्यासीको बारे भरतपुरको चर्चा सुरु भएको थियो । दाहालले देशको कुनै पनि महानगरमा मेयर, उपमेयरको चर्चा यसरी नहुने गरेको उल्लेख गर्नुभयो ।

विज्ञापन

भरतपुरका निवर्तमान मेयर दाहालले पहिलो कार्यकालको पदभार ग्रहणपछि पहिलो निर्णय भरतपुर अस्पतालमा जेष्ठ नागरकलाई निशुल्क ओपिडी टिकटको व्यवस्था गरेको स्मरण गर्नुभयो । जेष्ठ नागरिकको क्षेत्रमा आगामी दिनमा पनि धेरै कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भरतपुरका धेरै वडामा जेष्ठ नागरिकका लागि जेष्ठ नागरिक मिलन केन्द्र निमार्ण भएको र केही वडामा निमार्णको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
यस्तै उपमेयरका प्रत्यासी चित्रसेन अधिकारीले यो टिम विजयी भए जेष्ठ नागरिकको क्षेत्रमा भरतपुर महानगरपालिका गम्भीर भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस