आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ३० वर्षमा बने ४७ बच्चाका पिता
विचित्र संसार

३० वर्षमा बने ४७ बच्चाका पिता

एक व्यक्तिले आफू ४७ बच्चाका पिता बनिसकेको र छिट्टै नै अन्य १० बच्चाका पिता (बायोलोजिक फादर) बन्न लागेको दाबी गरेका छन् ।

तर उनले आफ्नो पीडा पनि व्यक्त गरेका छन् र यसले आफ्नो डेटिङ जीवन बर्बाद गरिदिएको बताएका छन् । वास्तवमा, यी व्यक्ति एक स्पर्म डोनर हुन् ।

विज्ञापन

केल गार्डी नामका यी व्यक्ति अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनी ३० वर्ष पुगे । केलले आफू छिट्टै ५७ बच्चाका बायोलोजिक फादर बन्न लागेको दाबी गरेका छन् ।

विज्ञापन

द मिररको रिपोर्ट अनुसारकेल गार्डी अहिलेसम्म ४७ वर्षका पिता बनिसकेका छन् । केलका अनुसार केही वर्ष अघिसम्म मात्रै पनि उनको डेटिङ लाइफ औसत थियो, उनले थुप्रै जनासँग डेटिङ गरे । तर कोहीसँग पनि लामो सम्बन्ध स्थापित हुन सकेन ।

इन्स्टाग्राममा मेसेज आउन सुरु..

तर केल अब थोरै दुःखी देखिन्छन् । उनले भने, ‘अब महिला मसँग त्यतिबेला मात्रै कुरा गर्छन् जब उनीहरुलाई बच्चा चाहिएको हुन्छ ।’ केलले वीर्य दान गर्न थालेपछि धेरैजना गर्भवती हुन सफल भएको बताएका छन् । त्यसपछि महिलाले इन्स्टाग्राममा मेसेज गर्न सुरु गरे ।

केलले यो कामका लागि यत्ति धेरै महिलाले रुची देखाउने कुरा आफूलाई अलिकति पनि थाहा नभएको बताए । उनलाई लाग्थ्यो कि यस्तो गर्न चाहने धेरै महिला असाध्यै धनी हुन्छन् र यसका लागि उनीहरु स्पर्म बैंक जान सक्छन् ।

 

महिला आफ्ना सन्तानको ‘बायोलोजिक फादर’ लाई भेट्न चाहन्छन्ः

थुप्रै महिलाले केललाई उनीहरु आफ्ना बच्चाका ‘बायोलोजिकल फादर’ लाई हेर्न चाहेको बताए । तर केलले भने, ‘दुर्भाग्यवश, अब धेरै महिला मसँग डेट गर्न रुचाउँदैनन् ।’

तर केलको जीवनमा यस्ता पनि महिला आए जोसँग उनलाई लाग्थ्यो कि उनको सम्बन्ध अघि बढ्न सक्छ तर कहानी अघि बढेन ।

परिवार बसाउने आशः

केललाई आफूले कुनै दिन आफ्नो परिवार बसाउँछु भन्ने आश छ । उनले भने, ‘मलाई लाग्छ कि आफ्नो वीर्य दानबारे छिटोभन्दा छिटो जानकारी दिनु नै मुनासिव हुनेछ किनभने त्यसपछि मात्रै उनले (भविष्यकी पार्टनर) यो स्थितिलाई राम्रोसँग बुझ्न सक्नेछिन् ।’

हजारभन्दा महिलाले वीर्य दिन भने…

केललाई अहिलेसम्म हजारभन्दा बढी महिलाले वीर्यका लागि सम्पर्क गरेको दाबी गरेका छन् । थुप्रै महिलाले उनलाई वीर्यदानपछि जन्मिएका बच्चाको फोटो पनि पठाउँछन् ।

केल आफ्नो स्वास्थ्यलाई असाध्यै ध्यान दिन्छन् । उनी क्याफिन, रक्सी, ड्रग्स र सिगरेटको सेवन गर्दैनन् । केल हाल वीर्यदाता बनिरहन चाहन्छन् । उनका अनुसार उनको सेवा चाहने जोसुकै महिलाले उनलाई इन्स्टाग्राममा प्रत्यक्ष सम्पर्क गर्न सक्ने छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस