On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • शिर्ष नेताको गृहक्षेत्रमै चुनौती
समाचार

शिर्ष नेताको गृहक्षेत्रमै चुनौती

काठमाडौं । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई स्थानीय चुनावमा सबैभन्दा चुनौती गृहक्षेत्रमै देखिनथालेको छ । उनीहरुको गृहक्षेत्र र पालिकाहरुमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन कठिन अवस्था देखिनथालेको हो ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र डडेलधुरामा काँग्रेसले एमाले र काँग्रेस वीपीको चुनौती सामना गर्नुपर्ने देखिएको छ । डडेलधुरामा कर्ण मल्लमाथि कारबाही भएपछि तरंग आएको छ । मल्ल लामो समय देउवा नजिक भएर काम गरे । पछि उनको देउवासँग सम्बन्ध बिग्रियो ।

विज्ञापन

मल्लले निकटस्थलाई काँग्रेस वीपीबाट एमालेसँग तालमेल गरी चुनावमा उतारेका छन् । उनले प्रदेश सभा सांसदबाट राजीनामा समेत दिएका छन् ।

विज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापाका पालिकाहरुमा आफ्ना उम्मेदवार जिताउन कठिन हुने देखिएको छ । झापामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तालमेल गर्नुपर्ने वाध्यात्मक अवस्थामा ओली पुगेका छन् । झापामा एमाले उम्मेदवारलाई माधव नेपाल नेतृत्वको नेकपा एसका उम्मेदवारको पनि उत्तिकै चुनौती छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहक्षेत्र चितवनमा समस्याहरु बढ्न थालेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई नेपाली काँग्रेससहित गठबन्धन दलले जिताउने गरी सहमति बनेपनि काँग्रेसभित्र विद्रोह भएको छ । काँग्रेसबाट बागी उम्मेदवार देखिएका छन् । प्रचण्डका लागि भरतपुरको चुनाव प्रतिष्ठाको विषय बनेको छ । त्यहाँ एमाले र काँग्रेसबाट विद्रोह गरेकाहरुको तालमेल हुन थालेको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहक्षेत्र काठमाडौंमा पनि गठबन्धन कसिलो छैन । महानगरपालिकामा तालमेल भएपनि नगरपालिकाको वडा तहसम्म तालमेल हुननसक्दा चुनौतीहरु देखिएका छन् । अर्कोतर्फ, माधव नेपालले आधारक्षेत्र मानेको ललितपुरमा नेकपा एस गठबन्धन बाहिर पारिएको छ । ललितपुरमा एस गठबन्धन बाहिर पर्दा महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको चुनावी परिणाम गठबन्धनलाई धक्का पर्ने खालको हुनसक्ने आँकलन गर्न थालिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङका पालिकाहरुमा पनि उनका उम्मेदवारलाई सजिलो छैन । उपेन्द्रले विराटनगर महानगरपालिकामा छोरा अमरेन्द्र यादवलाई उपमेयरमा टिकट दिएपछि असन्तुष्टि चुलिएको छ । अमरेन्द्रका कारण लामो समय जसपामा योगदान गरेकाहरु पाखा लगाइएका छन् ।

गोरखामा डा. बाबुराम भट्टराईलाई जसपाका उम्मेदवार जिताउनुपर्ने चुनौती छ । तर, त्यहाँको राजनीतिक माहोल उनका लागि चुनौतीपूर्ण बनेको बुझिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका लागि पनि गृहजिल्ला सर्लाही र पछिल्लो चुनावी क्षेत्र महोत्तरीका पालिकामा आफ्ना उम्मेदवारहरुलाई जिताउने चुनौती छ । ती जिल्लाहरुमा गठबन्धनका उम्मेदवारको चुनौती लोसपालाई छ ।

यसैगरी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाका पालिकाहरुको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । गृहजिल्ला झापामा राप्रपा उम्मेदवारहरुलाई गठबन्धनको मुख्य चुनौती देखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस