बागलुङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
आज (बुधबार) बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेका हुन् । १० वर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा फेरि फर्किएको उनीहरुको भनाइ छ ।
विज्ञापन
२०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।
विज्ञापन
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन्’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’
पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् ।
फेसबुक प्रतिक्रियाहरु