सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवन कांग्रेसको सभापतिमा खनाल र श्रेष्ठबीच प्रतिस्पर्धा
समाचार

चितवन कांग्रेसको सभापतिमा खनाल र श्रेष्ठबीच प्रतिस्पर्धा

चितवन ।  नेपाली कांग्रेस चितवनको सभापति पदका लागि प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नकसेपछि सभापति चुन्न सर्वाधिक मत ल्याउने दुईजना राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच फेरि आज शनिबार मतदान हुने भएको छ ।

 

विज्ञापन

शुक्रबार भएको मतदानमा खनालले सबैभन्दा धेरै मत ल्याए भने श्रेष्ठ दोस्रो स्थानमा रहे । पाँच जनामध्ये श्रेष्ठ मात्रै संस्थापन पक्षका उम्मेद्वार हुन् ।कार्यसमितिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो ।

विज्ञापन

 

२ हजार ९ सय ४४ मतदातामध्ये शुक्रबार २ हजार ८ सय २० जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सभापति पदमा शुक्रबार राति भएको मतगणनाअनुसार राजेश्वर खनालले ७४६ मत ल्याए । मिलनबाबु श्रेष्ठको ६६२ मत आएको थियो । अन्य उम्मेद्वारमा उत्तम जोशीको ४७३, सूर्यकान्त घिमिरेको ४२६ र कैलाश कोइरालाको ४१२ मत आएको निर्वाचन समितिले जनाएको छ ।

दोस्रो चरणका लागि आज शनिबार मध्यान्ह साढे १२ बजेदेखि साढे चार बजेसम्म मतदान हुने कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । सभापति र दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिवसहित जिल्ला अधिवेशनले ४८ जनाको कार्यसमिति चयन गर्ने छ । सभापति पदको मतगणना भए पनि अन्य पदको गणना भएको छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस