सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित
समाचार

कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित

चितवन । 

नेपाली कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । आज हुने भनिएको दोश्रो चरणको निर्वाचन अगावै पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

विज्ञापन

पहिलो चरणको मतदानमा सभापति पदका लागि राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला आकांक्षी थिए ।

विज्ञापन

 

यसअघि पहिलो चरणको निर्वाचनमा विजेता राजेश्वर खनाल र उपविजेता मिलनबाबु श्रेष्ठ भएका थिए । खनालले ७ सय ४६ र श्रेष्ठले ६ सय ६२ मत पाएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए । खनाल शेखर कोइराला पक्षधर नेता हुन् । श्रेष्ठ शेरबहादुर देउवा पक्षधर नेता हुन् । पुन मतदान हुने भएसगैँ खनालको पक्षमा सबैले सर्वसहमतका लागि महोल बनाएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस