सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी बैठकमा प्रचण्डको दाबी- सत्ता गठबन्धन चुनावसम्मै कायम रहन्छ
समाचार

माओवादी बैठकमा प्रचण्डको दाबी- सत्ता गठबन्धन चुनावसम्मै कायम रहन्छ

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदनसँगै सत्ता गठबन्धन चुनावसम्मै लैजाने दाबी गरेका छन्। राष्ट्रियसभा गृहमा शुक्रबादेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका हुन्। त्यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक छलफल सुरु भएको उनले दाबी गरे।

 

विज्ञापन

‘एमसीसी अनुमोदनपछि सत्ता गठबन्धनलाई कसरी चुनावसम्म लैजाने भनेर हामी छलफल गरिरहेका छौं। सकेसम्म यो गठबन्धन चुनावसम्मै लैजाने हाम्रो प्रयास हो,’ उनले बैठकमा भने।

विज्ञापन

उनी निकट केन्द्रीय सदस्य रामकुमार शर्माले भने चुनावी तालमेल गर्न गठबन्धनका नेताहरुबीच सहमति भएको दाबी गरे। उनले गठबन्धनभित्रका पार्टीले विजयी भएकै क्षेत्र रोज्न पाउने दाबी गरे। ‘सत्ता गठबन्धन चुनावसम्मै लम्बिन्छ। त्यसका लागि गृहकार्यसमेत सुरु भएको छ,’ उनले  भने, ‘विजयी भएको क्षेत्र विजयी भएकै दलले पाउने र पराजित भएको क्षेत्रमा दोस्रो ठूलो मत ल्याउने दलले रोज्न पाउने प्रस्तावमा छलफल भइरहेको छ।’

माओवादी नेतृ ओनसरी घर्तिमगरले पनि सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताइन्। राष्ट्रियसभा गृहमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसको लागि तीव्र छलफल भइरहेको बताइन्। ‘चुनावी गठबन्धन बनाउने विषयमा तीव्र छलफल भइरहेको छ। अहिल्यै केही कुरा भन्न सकिँदैन। तर चुनावी गठबन्धनका लागि सबै दलहरु करिब करिब सहमत छन्,’ उनले भनिन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस