सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पार्टी पुनर्निर्माणमा जुट्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन
समाचार

पार्टी पुनर्निर्माणमा जुट्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ संगठन अखिल (क्रान्तिकारी) लाई पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह सहितको टोलीलाई निर्देशन दिँदै प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन्।

विज्ञापन

अखिल (क्रान्तिकारी) का नेता जीपी मैनालीका अनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशा सहितको विचार अबलम्बन गरेको र विचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आवश्यक्ता भएको बताएका थिए।

विज्ञापन

पार्टी पुनः निर्माणमा आफू सम्पूर्ण सामर्थ्यसहित जुटिसकेको र नेता कार्यकर्ताहरूबाट पनि यही अपेक्षा गरेको उनले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस