बिहिबार, बैशाख २३, २०८३
  • होमपेज
  • समाचार
  • बाठो बन्दा झन् फसे योगेश, एउटा झुट लुकाउन अर्को झुटको सहारा
समाचार

बाठो बन्दा झन् फसे योगेश, एउटा झुट लुकाउन अर्को झुटको सहारा

काठमाडौं ।

नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एउटा झुट लुकाउन अर्को झुट बोल्ने गरेको पाइएको छ । एमालेमै निकै आशा गरिएका नेता भट्टराइले हालै सामाजिक सञ्जालमै जनताको आँखामा छारो हाल्न खोजेका छन् ।

विज्ञापन

भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको भन्दै संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिएका छन् ।

विज्ञापन

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका निर्णयमा मा विवादित बनेपछि उनले पानीमाथिको ओभानो बन्न खोजे । उनले लेखेको स्टाटसमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको भनेका छन् ।

उनको स्टाटसले भ्रम छर्न र गल्ती लुकाउन खोजेको देखिएको छ । एक उच्च अधिकारीका अनुसार मन्त्रीहरूले आफू सभापति वा अध्यक्ष भएको समितिमा मात्र हस्ताक्षर गर्ने गर्छन । मन्त्रालयले गरेको निर्णयमा अधिकृत वा कर्मचारीले हस्ताक्षर गर्ने गर्छन । उनी कुनैपनि समितिको सभापति वा अध्यक्ष नभएकाले हस्ताक्षर गरिरहनु परेन ।

नेता भट्टराई राजनीतिमा निकै चतुर खेलाडी भएकाले पनि बतास ग्रुपसंग भएको सम्झौतामा आफूले कुनै प्रमाण नछोडेको पर्यटन मन्त्रालयकै एक कर्मचारीले बताए । उनका अनुसार योगेश र बतास समूहबीच निकै घनिष्ट सम्बन्ध थियो । त्यतिमात्र होइन, योगेशले नेपाल वायुसेवा निगमको प्रमुखमा नियुक्त गरेका डिमप्रकाश पौडेल बतास ग्रुपकै बतास कार्यकारी अधिकृत र योगेशका अत्यन्त निकट साथी थिए ।

कुरा यति प्रष्ट हुँदाहुँदै पनि योगेशले जनताको आँखामा छारो हाल्न खोजेको देखिएको छ । सामाजिक संजालमा विरोध हुन थालेपछि योगेशले अपुष्ट र भ्रामक स्टाटस लेखेर आफ्नो कद झनै घटाएका छन् ।

अर्को झुट र भ्रम त के छ भने उनले स्टाटस लेखेको केहिबेरमै त्यसलाई एडिट गरेर केहि लाईन थपेका छन् । उनले लेखेको स्टाटस अधिकांशले पत्याएका छैनन् । कमेन्टमा पनि सबैजसोले उनैलाई गाली गरेका छन् । यतिसम्म कि योगेशले एमाले अध्यक्ष ओलीको संगत गर्न लागेपछि झुट बोल्न थालेको समेत आरोप लगाएका छन् ।

उनले लेखेको स्पस्टिकरणमा आफैले सम्झौता गरेको घुमाउरो तरिकाले स्वीकार गरेको पनि देखिन्छ । किनकि उनके कसको पालामा सम्झौता भएको र कसले दिएको भेनेर खुलाएका छैनन् । आफ्नो हस्ताक्षर ल्याउन चुनौती दिनेले कसले सम्झौता गरेको हो त्यसको प्रमाण दिनुपर्ने तर्क पनि उनकै स्टाटसमा कमेन्ट गर्नेहरूले गरेका छन् ।

के लेखेका छन् योगेशले ?

उनले लेखेका छन्, “नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु, आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहिता नरहने स्वत: स्पष्ट छ । विना कसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु । स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।”

भट्टराईले आफू आउनुपूर्व नै कफी हाउस बनिसकेको भनेका छन् तर, उनले त्यो कफी हाउस वा रेस्टुरेन्ट हटाउन पहल नगरेको स्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नै नारायणहिटी सङ्ग्रहालयको संरक्षक हुने चलन छ । आफै संरक्षक भएर पनि योगेशले यसलाई दूरगामी असर पर्ने र धरासायी बनाउन खेलमा लागेको पाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस