सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्छौँं : मन्त्री पौडेल
समाचार

शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्छौँं : मन्त्री पौडेल

काठमाडाैं।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने बताएका छन् । बागलुङको बलेवास्थित गणेश माध्यामिक विद्यालयको ४१औँ वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षकहरू बिरामी पर्दा उपचारमा सहजताका लागि नेपाल सरकारले शिक्षक अस्पताल निर्माण गर्ने योजना बनाएको बताएका हुन्।

विज्ञापन

उनले मन्त्रिपरिषदबाट निर्णय गराएर तत्काल कार्यान्वयनमा लैजाने जानकारी दिए । पौडेलले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि मन्त्रालय छुट्टाछुट्टै कार्ययोजनाका साथ अगाडि बढेको बताउँदै शिक्षा क्षेत्रको सुधार हुनेमा अभिभावक, शिक्षक र विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेका थिए ।

विज्ञापन

उनले भने, ‘लामो समयदेखि अल्झिएको शिक्षा ऐनलाई मन्त्रालयले अगाडि सार्ने योजना बनाएको छ। यही ऐनमा टेकेर मन्त्रालय र विभागले शिक्षकको दरबन्दी पदपूर्तिका लागि १८ हजार दरबन्दीमा तत्काल शाेधभर्ना गर्ने गरी योजना अगाडि बढाएका छौँ । ऐन आएसँगै नेपालको शिक्षा क्षेत्रको विकासमा सहज हुनेछ ।’

उनले सम्पूर्ण सेवा निवृत शिक्षकको हितका लागि हरेक ठाउँमा पुस्तकालयको व्यवस्थापन गर्ने बताए । पौडेलले समाजवादउन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्न आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस