मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी पार्टी कमजोर हुनुमा मै दोषी : प्रचण्ड
समाचार

माओवादी पार्टी कमजोर हुनुमा मै दोषी : प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताएका छन् ।

विज्ञापन

आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताएका छन् ।

विज्ञापन

उनले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताए ।

‘जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो ।

सरकारको नेतृत्व गरेँ’ दाहालले भने, ‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन,आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस