सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्छन् : गोकर्ण विष्ट
समाचार

प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्छन् : गोकर्ण विष्ट

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सपनामा पनि गठबन्धन नै देख्ने गरेको टिप्पणी गरेका छन् ।

विज्ञापन

गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहको जनज्योति क्याम्पसको कार्यक्रममा वष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भन्ने कुरामा विश्वास नरहेको जिकिर गरे ।

विज्ञापन

गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले गठबन्धनकै सपना देख्ने गरेको उनको टिप्पणी छ । सचिव विष्टले एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट अरु कुनै पार्टीसँग भएको दावी गरे ।

आगमी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि परास्त पार्ने विष्टको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको विष्टले टिप्पणी गरे ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस