आछाम ।
विज्ञापन
नेकपा ऐमालेका पूर्व उपाध्यक्ष डा भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुदे नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए । नेकपा ऐमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको खाँका तयारी गरे पनि कार्यन्वयन नहुदाँ पार्टी फुटेको रावलले आरोप लगाएका छन् ।
विज्ञापन
नेता रावलले १० औँ माहाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाई नभएको बताएका छन् । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले अध्यक्षय ओलीसँग छलफल गरेको उनको भनाई छ ।
आफूले भनेको कुरा पार्टी अध्यक्षयले सुनुवाई नगर्दा पार्टीको नीति , सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षय बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् । चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रुपमा भने आफूले जितेको नेतन रावलको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु