चितवन ।
नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिकाको नगर सम्मेलनले ईश्वर सापकोटा समुनलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
विज्ञापन
सुमनको अध्यक्षतामा ९९ सदस्यीय समिति बनाइएको माओवादी महानगर इन्चार्ज रेनु दाहालले जानकारी दिइन् । महानगरको सम्मेलन दाहालले नै उद्घाटन गरेकी थिइन् । महानगर कमिटीको उपाध्यक्षहरुमा सुरेन्द्र गुरुङ, पवित्रा रिजाल, टंक न्यौपाने, निर्वाचित भएका छन् ।
विज्ञापन
सचिवमा निशा न्यौपाने, सहसचिवमा प्रकाश कँडेल र कोषाध्यक्षमा हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु