चितवन ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा चल्दै गर्दा नेकपा एमाले परित्याग गरी युवा संघका जिल्ला सदस्य लगायत दुई दर्जन भन्दा बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रको खैरहनी नगर सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
विज्ञापन
माओवादीमा प्रवेश गर्नेहरु युवा संघका जिल्ला सदस्य प्रल्हाद सिंखडा लगायत सन्दीप बस्ताकोटी, देबहरि खनाल, आकाश सहनी, विशाल चौधरी, अविनाश चौधरी, प्रेम्बर चौधरी, केशबराज बस्ताकोटी, रितेस चौधरी, प्रविन चौधरी, बिवान चौधरी, अनिल चौधरी, संगम कँडेल, अविनाश रावल, प्रविन अधिकारी, मनिष नेपाल, विश्वास खतिवडा, अमृत सुवाल, रामकृष्ण धौलाकोटी, अनिस परियार, अस्मित छत्कुली सहित २५ जना युवाहरु छन् ।
नवप्रवेशी पार्टी सदस्यहरुलाई नगर इन्चार्ज रमेश रेग्मी र अध्यक्ष लक्ष्मी ढकालले खादा ओढाएर स्वागत गरेका थिए । नगर सम्मेलन लक्ष्मी ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु