मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र चितवनको ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व
समाचार

माओवादी केन्द्र चितवनको ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व

चितवन । 

माओवादी केन्द्रले चितवनका ५ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । भरतपुर महानगर कमिटिमा इश्वर सापकोटा सुमन, माडीमा प्रभुप्रसाद महतो, खैरहनीमा रामेश्वर पोखरेल, राप्तीमा रामचन्द्र पाठक र इच्छाकामना गाउँपालिकामा प्रताप गुरुङको नेतृत्वमा नयाँ पालिकास्तरीय समिति बनेको छ ।

विज्ञापन

खैरहनी बाहेकका अन्य ४ अध्यक्षले फेरी निरन्तरता पाएका हुन् । रत्ननगर नगरपालिकामा केही दिनका लागि सम्मेलन स्थगित भएको छ । कालिका नगरपालिकामा सर्वसम्मतको प्रयास भइरहेको छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ७ मध्ये ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व भैसकेको बताए । ‘बाँकी २ स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयन हुनेछ,’ उनले भने, ‘धेरै आकांक्षी देखिए पनि विवादविनानै नयाँ नेतृत्व चयन गरेका छौं ।’

विज्ञापन

 

उनका अनुसार भरतपुर महानगरमा ९९ सय, इच्छाकामनामा ५५ सदस्यीय र अन्य स्थानीय तहमा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।

महानगर अध्यक्ष सुमन एसएलसी पास गरेकै वर्ष जनयुद्धमा होमिएका थिए । २०५७ सालमा प्लाटुन कमाण्डर रहेका बेला दोहोरो भिडन्तमा ग्रिनेडको बारुदका कारण देब्रे आँखा गुमाएका थिए । उनी र्वाइसीयल चितवनका पूर्वअध्यक्ष हुन् ।

माओवादी केन्द्रको महानगर उपाध्यक्षमा सुरेन्द्र गुरुङ, टंक न्यौपाने, पवित्रा रिजाल, सचिवमा निशा न्यौपाने, सहसचिवमा प्रकाश कँडेल र कोषाध्यक्षमा हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

माडी नगरको अध्यक्ष बनेका प्रभुप्रसाद महतो विद्यार्थी आन्दोलनबाट आएका नेता हुन् । माडी नगरकोे उपाध्यक्षमा केदार अधिकारी, भरत प्रसाद तिमिल्सिना र सन्तोष पनेरु, सचिवमा नेत्र काफ्ले, सहसचिव इन्दिरा विश्वकर्मा र कोषाध्यक्षमा माधव चापागाईंलाई चयन गरेको छ ।

इच्छाकामनाको अध्यक्ष बनेका प्रताप गुरुङ पहिले इच्छाकामना गाउँपालिकाको इञ्चार्ज थिए । स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका गुरुङ जनयुद्धकालिन पृष्ठभूमिका नेता हुन् । इच्छाकामनाको उपाध्यक्षमा हरि थापा, सावित्रा सिलवाल र रामप्रसाद बोहोरा, सचिवमा रामहरी कँडेल र कोषाध्यक्षमा सम्झना सिलवाल चयन भएका छन् ।

खैरहनी नगर कमिटी अध्यक्ष बनेका रामेश्वर पोखरेल शिक्षण पेशाबाट अवकाश पाएका नेता हुन् । जनयुद्धका बेला उनले अप्रत्यक्ष रुपमा सहयोग गर्ने गर्दथे । खैरहनीको उपाध्यक्षहरुमा विमला बरायली, टिकादत्त अधिकारी र रेवती उप्रेती, सचिवमा योगेन्द्र विक्रम न्यौपाने, सहसचिवमा गीता आचार्य र कोषाध्यक्षमा जमिन कार्की चयन भएका छन् ।

राप्ती नगरकमिटिको अध्यक्ष बनेका रामचन्द्र पाठक स्थानीय तहको चुनावमा मेयरका उम्मेदवार थिए । उनी जनयुद्धकालका पूर्णकालीन सदस्य थिए । राप्तीको उपाध्यक्षमा नवराज पाठक श्याम, छविलाल गौतम, गोविन्दराम मोक्तान, सचिवमा सन्देश घलान, सहसचिवमा गोपाल विश्वकर्मा र कोषाध्यक्षमा उमा गुरुङ चयन भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस